राष्ट्रिय महिला क्रिकेट खेलाडी पुजा महतो सम्मानित

रेडियो गौशाला , ४१२५  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीबाट पूजा महतो लाई कप्तानका लागि छनौट गरे पछि बधाईका ओईरो लागेका छन् ।

त्यसैको शुभअवसरमा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतोले युवा क्रिकेट खेलाडिलाई जागरुप गर्ने उदेश्यले राष्ट्रिय महिला क्रिकेट खेलाडि पुजा महतोलाई गमछा ओढाई सम्मान गरेका छन् । साथै बधाई तथा आगामि दिनमा सफलताको उचाई चुमोस भन्दै शुभकामना समेत दिनु भयो ।
गौशाला नगरपालिकाले पनि युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने लक्ष्य लिएकोले अगामि आर्थिक वर्ष देखि खेलकुद र खेलाडिहरुका लागि छुट्टै बजेट बिनियोजन गरेर अगाडि बढने मेयर महतोले बताए ।

यस्तै, उप–मेयर रेणु महतोले पनि आफ्नो कार्यकक्षमा क्रिकेटर महतोलाई सम्मान गरिएको हो । उपमेयर महतोले क्रिकेटर पूजा यहाँका महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै उनको प्रसंशा गरेका हुन् ।

गौशाला नगरपालिका वडा नं. ९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा महतो राष्ट्रिय टिममा यसैबर्ष डेब्यू गरेकी हुन् । उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।

पूजाको कप्तानीमा महोत्तरी टिम गठन

प्रधानमन्त्री कप महिला टी २० का लागि महोत्तरीमा पूजा महतोको नेतृत्वमा टोली घोषणा गरिएको छ । अगामी पुस १ गतेदेखि हुने खेलका लागि महोत्तरीबाट उनको नेतृत्वमा टोली घोषणा गरिएको हो ।

शनिवार घोषणा गरिएको टोलीमा पूजा महतो कप्तान रहेको छन् । त्यस्तै टोलीमा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन रहेका छन् ।

प्रकाशित मिति: २०२३-१२-०३ , समय : २०:१५:०३ , १ वर्ष अगाडि