रेडियो गौशाला , ६०३३ पटक हेरिएको
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ ।
विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।
साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ ।
प्रकाशित मिति: २०२३-१०-३० , समय : ०८:११:४८ , १ वर्ष अगाडि