धुमधामका साथ यसरी गरियो देवी दुर्गाको प्रतिमा बिसर्जन (भिडियो)

रेडियो गौशाला , ६२४६  पटक हेरिएको

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’, गौशाला । महोत्तरीको गौशाला नगरपालिका ५ स्थित गौशाला बजारमा भक्तजनहरुले शनिबार धुमधामका साथ देवी दुर्गाको प्रतिमा बिसर्जन गरेका छन् ।

उनीहरूले जयजयकारको नारासहित हर्षोल्लासकासाथ देवी दूर्गाको प्रतिमा विसर्जन गरेका हुन् । यसका साथै सडकमा उनीहरू ढोलक र तराई मधेसमा बजाउने बाजागाजाका साथ लिएर नाँचगान गरेका थिए। अन्य ठाउँमा विजया दशमीको दिन दुर्गा विसर्जन भए पनि गौशाला नगरपालिका ५ गौशाला बजारको प्रत्येक वर्ष झैं यस वर्ष पनि कोजाग्रत पूर्णिामाको दिन प्रतिमा विसर्जन गरिएको छ ।

गौशाला नगरपालिकाको गौशाला बजारमा मनाइने दुर्गा पूजामा यस क्षेत्र सहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरू पूजा तथा मेला हेर्न आएका थिए ।

शनिबार माता दुर्गाको प्रतिमालाई बजार क्षेत्र र नगर क्षेत्रमा परिक्रममा गरेर पोखरीमा विसर्जन गरिएको छ । गौशाला बजारको मूर्तिलाई गौशाला नगरपालिका ४ रजखोर स्थित मलहनीया पोखरीमा विसर्जन गरिएको छ ।

त्यस्तै गौशाला नगरपालिका २ निगौल चौकमा पनि हरेक वर्ष देवी दुर्गाको प्रतिमा बनाएर पुजा र मेला लगाउदै आएको प्रतिमा शनिबार विसर्जन गरेको छ भने देवी दुर्गाको प्रतिमा लाई नगर परिक्रमा गरि गौशाला नगरपालिका २ निगौल चौकको मूर्ति निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको छ ।

प्रकाशित मिति: २०२३-१०-२९ , समय : ०८:५४:३१ , १ वर्ष अगाडि