रेडियो गौशाला , १७७८ पटक हेरिएको
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशालामा मेटरसाईकलको ठक्कर बाट एक जना बालिका घाइते भएका छन् ।
गौशला–सम्सी सडक खण्ड आन्तार्गत गौशाला नगरपालिका वडा नम्वर २ निगौल चोक नजिक बिहान १०ः३० बजे सम्सी बाट गौशाला तर्फ आउदै गरेको ज.२ प. ४०२४ नम्बरको मटरसाईकलले ठक्क दिदा पैदल यात्री सोहि वडा बस्ने उदय सिंह को छोरी वर्ष ४ की निधि कुमारी सिंह घाइते भएका हो ।
घाइते भएकी सिंहको टाँउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ तत्कालै उपचारका लागि प्राथिमिक स्वास्थ्य केन्द्र गौशाला भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर स्थित ओम दिर्घायू अस्पताल पठाइएको छ ।
ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका वडा नं. ५ बस्ने लालबाबु राउत प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए ।
प्रकाशित मिति: २०२३-१०-०१ , समय : १२:४५:४८ , १ वर्ष अगाडि