बिहानै उठेर मनतातो पानी पिउनुहोस्, यस्ता छन् १२ फाइदा

रेडियो गौशाला , १८१०  पटक हेरिएको

१ –बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।

२ –यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।

३ –शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

४ –बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।

५ –खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।

६ –बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।

७ –बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ । चमक थपिन्छ ।

८ –शरीरका मांसपेशी पनि बलियो हुन्छ । कोशिका निर्माण हुँदै जान्छ ।

९ – खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ ।

१० –रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ ।

११.– बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ ।

१२ – बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : ०८:१९:३५ , २ वर्ष अगाडि