गौशाला बजारमा दिनदिहाडै लुटपाट, ६ लाख ५० हजार रुपैयाँ लुटियो

रेडियो गौशाला , २३३२  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला बजारबाट दिनदिहाडै लुटपाट भएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतोको ६ लाख ५० हजार रकम दिउसै लुटपाट भएको छ ।

ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक अज्ञात समूहले लुटेर फरार भएको महतोको भनाइ छ ।

लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

गौशाला नगरपालिकाले बजार परिसरमा लगाएको सिसिटिभी क्यामेरा एउटा पनि संचालन नभएको कारण बजार सुरक्षा गर्न र लुटपाट गर्ने व्यक्तिलाई समात्न कठिनाई भएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रकाशित मिति: २०२३-०९-२४ , समय : २२:२१:४१ , २ वर्ष अगाडि