रेडियो गौशाला , ८६८ पटक हेरिएको
काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् । संघीय सांसदसमेत रहेका निधिले सरकारका कारण जनकपुरधामसहित मधेश प्रदेश पछि परेको आरोप लगाए ।
नेपाल स्वर्णकार ठाकुर उत्थान संघको शनिबार सम्पन्न नगरस्तरीय पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।
‘सरकारले जति काम गर्नुपर्ने हो, गर्न सकेको छैन । यसै कारणले जनकपुरधामसहित मधेश प्रदेश पछाडि परेको हो,’ उनले भने, ‘यो संघीय सरकार मधेशको विकासप्रति उदासीन देखिएको छ ।’
सरकारले नागरिकता ऐन पारितलगायत महत्वपूर्ण केही काम गरेको तर जनअपेक्षा अनुसार अघि बढ्न नसकेको उनले बताए । एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले ऐन पारित नै नगरी थन्क्याइदिएको तर गठबन्धनको सरकारले सो ऐन प्रमाणीकरण गरेर लाखौं नागरिकताविहीनलाई अनागरिक हुनबाट जोगाएको उनको भनाइ छ ।
उनले संघीय सरकार विकासप्रति जिम्मेवार नभएपनि प्रदेश र स्थानीय सरकारले जनकपुरधामको विकासका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रकाशित मिति: २०२३-०९-१७ , समय : ०७:०६:४७ , १ वर्ष अगाडि