गोपाल सेवा समिति बर्दिबास समिति गठन

रेडियो गौशाला , ३९३०  पटक हेरिएको

बर्दिबास- गोपाल सेवा समिति बर्दिबास नगर समिति गठन गरिएको छ । शनिबार महोत्तरीको बर्दिबासमा भएको भेलाले सत्यनारायण यादवको अध्यक्षतामा १२ सदस्यीय नगर समिति गठन गरिएको हो ।

गोपाल सेवा समितिका केन्द्रीय कार्यवाहक अध्यक्ष बजरंग यादवको विशेष उपस्थितिमा गठन गरिएको बर्दिबास नगर समितिको उपाध्यक्षमा संतोष यादव, सचिवमा सरोज यादव, सहसचिवमा पुनन कुमारी यादव र कोषाध्यक्षमा शेषनारायण राय यादव(पिन्टु) यादव चयन भएका छन् । यस्तै सदस्यहरुमा बिनोद यादव, रंजना यादव, गोविन्द कुमार यादव, हेमनारायण कुमार यादव, परमेश्वर यादव, उपेन्द्र यादव र गौरी यादव रहेका छन् ।

स्थानीय चन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न भेलाले श्याम यादवको नेतृत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा शोभालाल यादव, रामबाबु यादव, बैजनाथ यादव, चन्देश्वर यादव, शरद यादव, संतोष कुमार यादव, अजय कु राय र विरेन्द्र यादव रहेका छन् ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : २१:२०:४५ , १ वर्ष अगाडि