रेडियो गौशाला , १०२६ पटक हेरिएको

निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानको अश्लील भिडिओ बाहिरिएको छ।
मन्त्री छाडेको केही दिनपछि एकजना महिलासँग ह्वाटसएपमा अश्लिल गतिविधि गरिरहेको भिडिओ बाहिरिएको हो।
खानले भने उक्त भिडिओ ६ महिना पहिलेको भएको बताएका छन्। उनले मंगलबार साँझ नेपालखबरसँग कुरा गर्दै भने, ‘मेरो कुराकानी त भएको हो, तर काटकुट पारिएको हो। ममाथि षड्यन्त्र भयो।’

सुरुमा भारतीय युवतीले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको उनले बताए।
फेसबुकमा साथी बनेर करिब २० दिन कुरा भएपछि ह्वाट्सएपमा भिडिओ कल गरेर अश्लील फोटो र भिडिओ देखाएको बताए।
खानले बाँकेमै हुँदा आफूसँग कुरा भएको बताए। यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको पनि उनले बताए।
‘सुरुमा त मसँग राम्रोसँग र प्रोफेसनल नै कुरा गरेका थिए। तर पछि ह्वाट्सएपमा कुरा हुँदा भने सिधै त्यस्ता फोटो र भिडिओ देखाउन थाले’, उनले भने, ‘पछि साथीहरुको प्रोफाइलमा पनि हालिदिएछन्।’
तर भिडिओमा भने उनले पनि अश्लील गतिविधि गरेको देखिन्छ। सुरुमा ती युवतीको अश्लील भिडिओ हेरिरहन्छन्। पछि आफैं त्यस्ता गतिविधि गरेको भिडिओमा देखिन्छ। ती युवतीसँग उनले हिन्दी भाषामा कुरा गरेको बताए।
प्रहरीलाई आफूले सुनाउँदा यस्ता धेरै केसहरु आएको बताएको पनि उनले नेपालखबरसँग भने।
‘प्रहरीले यसमा केही टेनसन लिनु पर्दैन। हामी अनुसन्धान गरेर भिडिओ पनि हटाउँछौं भनेका थिए। इन्डियातिर पनि हामी पठाउँछौँ भनेका थिए’, खानले भने।
खानले तीनदिन अघिमात्रै मन्त्रीबाट राजीनामा दिएका थिए।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान माघ ११ गते मन्त्री बनेका थिए।
तर जनमतले उद्योग मन्त्रालय माग गरेको थियो। उक्त मन्त्रालय नपाएपछि चैत १७ गते उनले मन्त्रीबाट राजीनामा दिएका थिए। खान जनमतका समानुपातिक सांसद पनि हुन्।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:५५:०२ , २ वर्ष अगाडि