रेडियो गौशाला , १११७ पटक हेरिएको
काठमाडौँ- काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन् । अख्तियार स्रोतका अनुसार आरोपीहरूको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको छ । कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
अभिषेक कार्की मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक हुन् ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : २०:३९:४५ , २ वर्ष अगाडि