रेडियो गौशाला , ९८०० पटक हेरिएको
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अंकले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अंकले बढेको छ । त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अंकले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अंकले बढेको छ ।
सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको र छ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १९:०१:४३ , २ वर्ष अगाडि