आज चैती छठ पर्वको मुख्य दिन, अस्ताउदो सुर्यलाई अर्घ दिईने

रेडियो गौशाला , ८४७  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला ।
मिथिला मधेशसहित देशभरी आज चैती छठ मनाईंदै छ । छठको मुख्यदिन आज साँझमा अस्ताउदैगरेको सूर्य देवतालाई अघ्र्य दिईने छ, भने भोली उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिदैँ छठको समापन हुन्छ ।

चार दिवसीय पर्व छठमा पहिलो दिन वर्तालुहरुले नुहाउनेखाने, दोस्रो दिन खरना (भरदिन उपवास गरेर साँझखीर तथा फलफुल खाने), तेस्रो दिन उपवास सँगै साँझको अघ्र्य र चौथो दिन विहान सूर्यलाई अघर्य दिदैं पारण हुन्छ । हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिईएको छ ।

चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजाअर्चना हुने गर्दछ । भने सूर्य देवतालाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ ।पोखरी, तलाव र नदीको घटमा गई हिन्दुधर्मालम्वीहरुले मनाउने छठको अघ्र्यमा फलफुल मध्ये केरा, नरिवल, निम्बु, भान्टा, मुला र अदुवाको ठुलो महत्व हुन्छ ।

यस्तै, गहुँको पीठोबाट बनाईएको मिष्ठान ठकुवा, चामलको पीठोबाट बनाईएको मिष्ठान परिकारभुसुवालाई महत्वपुणर् अर्घ्यको रुपमा सूर्यलाई चढाउने गरिन्छ ।छठको घटमा पूजा हुने वेला माटोकोकुरुवार(घैटो) र माटोको हाति पनि राख्ने परम्परा छ, यस्तै बाँसको नांग्लो र ढाकीको पनि महत्व हुन्छ ।आज चैती छठको अवसरमा बर्दिबास, गौशाला, जलेश्वर, रामगोपालपुर, औरही, जनकपुरको विभिन्नपोखरीहरुलाई सिंगारिएको छ ।

खासगरी जनकपुरको एतिहासिक गंगासागरमा छठको रौनकदेखिएको छ ।कार्तिकको छठ हिन्दुधर्मालम्वीहरुको लागि सबैभन्दा ठुलो पर्व हुँदा जनकपुरकोसबै पोखरीमा वर्तालुहरुको भीड हुन्छ, यस्तै छठ हेर्न आन्तरिक तथा बाह्य पर्यटक समेत जनकपुर आउने गर्छन् तर चैठी छठबारे धेरैलाई जानकारीसमेत नरहेकोले सहभागिता कम हुने स्थानीयले बताउछन् ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : ०८:२२:५७ , २ वर्ष अगाडि