रेडियो गौशाला , १२९५३ पटक हेरिएको
गौशाला- एप्पलको आईफोन प्रिमियम डिभाइस मध्ये एक रहेको सबैलाई ज्ञात तथ्य हो। चाहे नयाँ होस् वा पूरानो आईफोनको मूल्य महँगो रहन्छ।
एक ट्याटु आर्टिसले आफ्नो पूरानो आईफोन सेभेन ५० हजार अमेरिकी डलर (करिब ६६ लाख रुपैयाँ)मा लिलामी गर्दैछिन्।
लिलामी सूचीकरण वेबसाइट अनुसार, मौलिक आईफोन ७ को बिड हाल १८ हजार ५०५ अमेरिकी डलरको नजिक रहेको लाइभमिन्टले उल्लेख गरेको छ। लिलामी बन्द हुनु अघि आईफोन ७ को बिक्री मूल्य ५० हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
लिलामीका लागि बोली १९ फेब्रुअरीसम्म खुल्ला रहने छ। हालसम्म कुल १६ ओटा बिड परेका छन्। अन्तिम पटक १२ फेब्रुअरीमा लिलामीका लागि बोली लागेको थियो।
अब १६ वर्ष पूरानो आईफोन किन यति महँगो मूल्यमा बिकिरहेको छ भन्ने प्रश्न उठ्न सक्छ। यो किनकी डिभाइस अनप्याक अर्थात हालसम्म खोलिएको छैन्। फोनको बक्समा रहेको प्लाष्टिकको कभरिङ पनि सकुशल छ।
एप्पल आईफोन ७ ट्याटु आर्टिस करेन ग्रीनको लागि उपहार थियो। उनले आफ्नो पहिलो कामको उत्सव मनाउन आफ्ना साथीहरूबाट आईफोन ७ प्राप्त गरेकी थिइन्। तर, उनले यसलाई कहिल्यै पनि खोलिनन् किनकी उनले पहिलै एक नयाँ स्मार्टफोन किनिसकेकी थिइन्।
यो आईफोन ७ एटीएण्डटी नेटवर्कमा लग गरिएको छ जुन अहिले अमेरिकामा बन्द भएको छ। दुर्भाग्यवश, जसले डिभाइस किन्नेछ उसले यसलाई नियमित फोन जस्तै चलाउन सक्षम नहुन सक्छ। तर खरिदकर्तासँग भिन्टेज एप्पल उत्पादन हुनेछ।
प्रकाशित मिति: २०२३-०२-१८ , समय : १५:०८:०४ , २ वर्ष अगाडि