रेडियो गौशाला , ५२७ पटक हेरिएको
वीरगञ्ज – वीरगञ्जमा ‘फागुन १२ र १३ गते रात्रि साँस्कृतिक तथा खाना मेला’ आयोजना गरिने भएकाे छ। वीरगञ्ज कलेज तथा वीरगञ्ञ्ज महानगरपालिको मुख्य प्रायोजनमा दुई दिन वीरगञ्जको घण्टाघरस्थित फटपाथमा मेलाको आयोजना गर्न लागिएको हो।
आयोजक वीरगञ्ज कलेजले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी मेलाबारे जानकारी गराएको छ । विद्यार्थीमा सिक्दै जाऔ कमाउँदै जाऔँको अवधारणा विकास गर्न,महानागरको रात्री बजारको अवधारणा साकार पार्न,नेपाल सरकारको सटार्ट अपको अवधारणा र पर्सा बाराको लोक साँस्कृतिक तथा परम्परागत खानाको प्रबद्र्धन गर्ने उदेशसहित मेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा वीरगञ्ज कलेजका निर्देशक डा.दिपेन्द्र चौधरीले जानकारी दिए।
मेलामा २५ वटा स्टलहरु राखिने तथा ती स्टलमा वीरगञ्ज कलेजका विद्यार्थीले तयार गरेको बिभिन्न प्रकारका खानाहरु बिक्री बितरणका लागि राखिनेछ। मेलामा खानाका साथै भोजपुरी गायक सुनिल पण्डित, कलेजकै पूर्वविद्यार्थी तथा कालाकारको साँगितिक प्रस्तुति समेत रहनेछ ।
प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:३१:३० , २ वर्ष अगाडि