विद्युत प्राधिकरण कर्मचारी युनियनका मधेश प्रदेशका अध्यक्षमा यादव

रेडियो गौशाला , १२०८  पटक हेरिएको

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवार विरुद्व षडयन्त्र भइरहेको बताएका छन् ।

जनकपुरधाममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन मधेश प्रदेशको सभालाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले बल्ल तल्ल सभामुखमा जित भएको भएपनि राष्ट्रपति चुनावमा एमाले विरुद्वको मोर्चाबन्दी गर्ने काम भइरहेको भन्दै त्यसलाई विफल पार्न लागि परेको समेत बताएका छन् ।

बिना अर्थतन्त्र बलियो नभईकन राष्ट्रियताको कुरा गर्नुको कुनै तुक नरहेको समेत उपाध्यक्ष पाण्डेले बताएका छन् । देशको सिमा र सिमास्तम्भलाई देखाएर राष्ट्रियतालाई दर्शाउनु गलत रहेको बताउदै उनले अर्थतन्त्र बलियो भए मात्र राष्ट्रियता बलियो हुने र अर्को देशले पनि नहेप्ने उनको तर्क छ ।

अहिले सिमाको रक्षा होइन अर्थतन्त्रको रक्षा गर्न आवश्यक छ उनले भने, ‘सिमामा गएर यो मेरो सिमा र सतम्भ हो भन्दै रोएको कराएको कोहि देख्नु भा छ ?’ उनले प्रश्न गरे । अहिले अर्थतन्त्रको रक्षा नै मुल समस्या रहेको उनको तर्क छ । कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री सत्रुधन प्रसाद सिंहले संघियता आएपनि देशका ग्रामिण जनतालाई संघियताको कुनै लाभ भएको नदेखिएको र महशुस समेत नभएको बताएका छन् ।

No description available.

साथै, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय, मधेश प्रदेशको अधिबेशन बाट अजय राय यादवको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भयेको छ ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : १६:४८:२३ , २ वर्ष अगाडि