रेडियो गौशाला , ७७४ पटक हेरिएको
जनकपुरधाम– मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन् ।
मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सरकारमा सहभागी गराउने निर्णय लिएको हो।
प्रकाशित मिति: २०२३-०२-०७ , समय : १०:३९:३७ , २ वर्ष अगाडि