रेडियो गौशाला , ३११६ पटक हेरिएको
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यो पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताउनुभयो । छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गर्नुभएको छ । विगतमा विशेषगरी तराई र मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उहाँले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताउनुभएको छ । कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै छठ पर्व मनाउन पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: २०२२-१०-३० , समय : १०:१०:१७ , २ वर्ष अगाडि