बिष्णु यादब,गौशाला , ५२०१ पटक हेरिएको
दिनप्रतिदिन सवारी साधन चोरी हुनथालेपछि महोत्तरीको प्रमुख ब्यापारी केन्द्र गौशाला बजारका ब्यापारीहरु भयबित भएर बजार ब्यबसाय गर्न बाध्य भएका हुन् । निरन्तर सहजै रुपमा चोरहरु सकृय भई सवारीसाधन चोरी गरी लग्ने गरेको हुदा आफुहरु असुरक्षित रहेको ब्यापारीहरु बताउछन् ।
केहिमहिनाको अबधिमा करीब आधा दर्जन भन्दा बढि सवारी चोरी भएको जसमध्ये साईकल,मोटरसाईकल र चार चक्का लगाएतका घटनाहरु छन् ।
मंगलवार राती करीब पौने ९ बजेको समयमा वडा नंम्बर ५ स्थित ब्रह्मस्थान नजिक घर अगाडि लगाई राखेको प्रदेश २–०२–००४प८९५८ नंम्बरको २२० सिसि कालो र रातो कलर भएका पल्सर मोटरसाईकल चोरी भएको सवारीधनि अहमद अंसारीले बताए । केहीदिन पहिला सिटिजन बंकको पश्चिम उतरतर्फ पार्किंगगरी राखेको कार चोरी भएको थियो ।
बजार परिसरका वरीपरि ठाउठाउमा सिसिटिभि,प्रहरी प्रशासनको निगरानी हुदाहुदै चोरीको घटना हुनेगरेको भन्दै प्रशासन अनुसन्धानमै सिमित रहेको गौशाला फैसन स्टोर्स कपडा पषलका सञ्चालक सुजित यादबले आरोप लगाउनु भयो । यस्ता घटनामा सानोतिनो चोर नभई चोरहरुका गिरोह सकृय रहेको हुन सक्ने हुदा चाडै पक्राउ गरी कारबाही गर्न समेत यादबले माग गरे ।
प्रकाशित मिति: २०२३-०२-०१ , समय : १३:५८:१० , २ वर्ष अगाडि