झुठा मुद्दा फिर्ताको माग गर्दै मधेशको राजधानीमा प्रदर्शन

रेडियो गौशाला , ८८१  पटक हेरिएको

धनुषा- मधेश र थरुहट आन्दोलनका क्रममा आन्दोलनकारी व्यक्तिमाथि झुठा मुद्दा लगाइएको भन्दै झुठा मुद्दा फिर्ताको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार प्रदर्शन भएको छ ।

नागरिक समाज नेपाल र नागरिक समाज जनकपुरधामले आज संयुक्त रूपमा निकालेको विरोध र्‍यालीमा सहभागी भएकाहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । जनकपुरधामको भानूचोकबाट निस्केको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरी जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेता रामरिझन यादव र युवा नेता दिनेश पूर्वे लगायतले नेतृत्व गरेका थिए । कोणसभामा बोल्दै वक्ताहरूले मधेश आन्दोलनका क्रममा राज्यले धेरै जनतामाथि झुठा मुद्दा लगाएकाले त्यसको फिर्ताको माग गरेका छन् ।

टीकापुर घटनासहित मधेस आन्दोलनको क्रममा भएका घटनाबारे अध्ययन गर्न सरकारले पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छैन ।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : १६:११:२२ , २ वर्ष अगाडि