ठुला दलका सांसदलाई धेरै र साना दलका सांसदलाई थोरै समय किन ?

रेडियो गौशाला , ५६८  पटक हेरिएको

काठमाडौँ – जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद सिके राउतले बोल्न दिइएको समयबारे प्रश्न उठाएका छन्।

ठुला दलका सांसदलाई धेरै समय र साना दलका सांसदलाई थौरै समय दिइएकोमा उनले आपत्ति जनाएका हुन्।

‘संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुटाउनु कसरी उपयुक्त हो ?,’ उनले भने, ‘एउटै क्रियाको लागि फरक समय ? त्यसो भए ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया वा बाथरुम जान पनि ९० मिनेट र एक सिट भएको पार्टी वा स्वतन्त्र सांसदलाई १ मिनेट छुट्याउनुपर्ने हो।’

संसदमा सांसदलाई बोल्न समय दिनुअघि सभामुखले समय तोक्ने प्रचलन छ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १८:१३:१५ , २ वर्ष अगाडि