रेडियो गौशाला , १०३४ पटक हेरिएको
काठमाडौँ । नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् ।
रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए ।
आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति नगर्ने समेत उनले बताए ।
प्रकाशित मिति: २०२२-१२-२९ , समय : १९:५१:१४ , २ वर्ष अगाडि