बिष्णु यादब,गौशाला , १३४० पटक हेरिएको
महोत्तरीको औरही नगरपालिकामा बाल संबेदनशील अभिभाबकत्व कार्यक्रम सम्बन्धि सहभागीहरुको लागी दिक्षान्त समारोह सम्पन्न भएको छ । महोत्तरी जिल्लाको औरही नगरपालिका २ स्थित रहेको श्री प्रसाद सिंह माबि बिधालय औरहीको सभा हाँलमा औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का प्रमुख आतिथ्य,नगर उपप्रमुख रेणु झा विशिष्ट आतिथ्य त्यसै गरि आतिथ्यमा वडा नम्बर २,३,६ का वडा अध्यक्ष लगाएत उक्त कार्यक्रममा बिधालयका प्राध्यापक शिवासरण यादवको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको फिल्ड अधिकृत शिब प्रसाद शर्माले जानकारी दिनुभयो ।
सेभ द चिल्डेनका साथै सिएफडब्लुएको प्राबिधिक सहयोग तथा औरही नगरपालिकाको आर्थिक सहयोगमा औरही नगरपालिकाको वडा नम्बर १ देखी वडा नम्बर ६ सम्म पहुच परियोजनामा सञ्चालन भएको थियो । कार्यक्रममा सहभागी ६० जना महिलालाई प्रमाण पत्र प्रदान गरीएको प्रोग्राम कोर्डिनेटर मोहन बुर्जा मगरले बताउनु भयो ।
परियोजनामा ५ बर्ष मुनिका बालबालिकाहरुलाई हेरचाह,स्याहार,पोषणयुक्त खाना सम्बन्धि तालिम दिएको औरही नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सबिना कुमारी यादवले बताईन । उक्त समारोहमा उदधोषण भने फिल्ड अधिकृत सरिता महतोले गरेकी थिईन ।
प्रकाशित मिति: २०२२-१२-२८ , समय : १३:४८:३० , २ वर्ष अगाडि