रेडियो गौशाला , ४९७४ पटक हेरिएको
काठमाडौं । अभिनेता सलमान खानको घर बाहिर भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । सलमान खानको जन्मदिनको अवसरमा उनलाई हेर्न उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सयौं मानिस जम्मा भएका थिए ।
समाचार एजेन्सी एएनआईले एउटा भिडियो सेयर गरेको छ जसमा सलमान आफ्नो बालकनीमा उभिएका मानिसहरूको अभिवादन स्वीकार गर्दै गर्दा भीड अनियन्त्रित भयो र प्रहरीले लाठीचार्ज गर्नुपर्यो।
प्रकाशित मिति: २०२२-१२-२८ , समय : ११:२६:०२ , २ वर्ष अगाडि