रेडियो गौशाला , ११६५ पटक हेरिएको
धनुषा- पूर्व राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो यहाँ आइपुगेका थिए ।
जानकी मन्दिरमा पूर्व राजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्व राजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गेस्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह पनि साथमै थिए ।
प्रकाशित मिति: २०२२-१२-२४ , समय : १८:३०:५७ , २ वर्ष अगाडि