रेडियो गौशाला , ६२६ पटक हेरिएको
काठमाडौँ- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ७ सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् ।
सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना युएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।
आर्थिक वर्ष २०२०/०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्याङ्कलाई हेर्दा २०२०/०२१ को तुलनामा २०२१/०२२ मा युएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।
प्रकाशित मिति: २०२२-१२-१९ , समय : १२:२२:२१ , २ वर्ष अगाडि