नेवार समुदायले आज किजापूजा मनाउँदै ।।

रेडियाे गाैशाला , १३१५  पटक हेरिएको

नेवार समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ । तिहारमा दिदि बहिनीले दाजुभाइलाइ टीका लगाइदिने परम्परा रहेको भएपनि हिजोआज दिदिबहिनीबीचमा पनि टीका लगाउने र आर्शिवाद तथा माया प्रेम र सद्भाव साटासाट गर्ने चलन सुरु भएको छ । आफ्ना दाजु भाइ नभएका दिदि बहिनीले आपसमा टीका लगाउने तथा दिदि बहिनी नभएका दाजुभाइले पनि आपसमा टीका लगाउने र सद्भाव बाँड्ने गर्छन् । तर आफ्ना दिदि बहिनी नभएका दाजुभाइका लागि वर्षौँदेखि सामुहिक टीका लगाइदिँदै आएकाहरू पनि छन् । त्यसैमध्यका एक काठमाडौंका अञ्जली मास्केले २०५५ सालदेखि दिदि बहिनी नभएका दाजुभाइलाई सामुहिक टीका लगाइदिँदै आउनुभएको छ । अञ्जली दिदिको नामले परिचित उहाँको हातबाट हालसम्म २ हजारभन्दा बढि दाजुभाइले टीका लगाइसकेका छन् ।

प्रकाशित मिति: २०२२-१०-२७ , समय : १०:१९:०४ , २ वर्ष अगाडि