ट्राफिक प्रहरी कार्यालय महोत्तरीद्वारा अढाई करोडभन्दा बढि राजस्व संकलन

बिष्णु यादब,गौशाला , १२३२  पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आ.व ०७८/७९ मा अढाई करोडभन्दा बढि राजस्व संकलन गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाएको भन्दै ३० हजार २ सय ७० ओटा सवारीधनीलाई कारबाही गरी २ करोड ५३ लाख १९ हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोही आ.व.मा समान्य छोडेर ५ सय ५ ओटा सवारी/सडक दुर्गघटना भएको छ । उक्त दुर्गघटनामा ४३ जना पुरुष,९ जना महिला,११ जना बालबालिका गरी ६३ जनाले ज्यान गुमाएको हो भने २ सय ६ जना गंम्भिर र ५ सय १६ जना समान्य घाईते भएको जनाईएको छ ।

प्रकाशित मिति: २०२२-१२-०८ , समय : १४:५९:४९ , २ वर्ष अगाडि