महोत्तरीकी नेहाले दर्ता गरिन् पंकजबिरुद्ध दुई मुद्दा, अस्पतालबाट निकालिए पंकज

रेडियो गौशाला , ५८०  पटक हेरिएको

काठमाडौँ- दाइजोको माग गर्दै घरेलु हिंसामा परेकी आरोप लगाएकी महोत्तरीकी नेहा चौधरीले श्रीमान् पंकज चौधरीविरुद्ध दुईओटा मुद्दा दायर गरेकी छन्।

नेहाले मनग्य दाइजो र सुन दिएपनि अझै धेरै दाइजोको माग गर्दै आफूलाई पटक–पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै डाक्टर समेत रहेका श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी हुन्।

नेहाले घरेलु हिंसा र दाइजो सम्बन्धी मुद्दा दायर गरेकी छन् ।

महोत्तरीको औरही नगरपालिका १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर नगरपालिका ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको गुनासो छ।

यता, ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत पंकजको यो घटना बाहिरिएसँगै अस्पतालबाट बर्खास्त भएका छन् ।

यता, पंकजले आफु कुनै हिंसा र दाइजो नलिएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : ०८:१५:५७ , २ वर्ष अगाडि