गुजरातमा विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान ।।

रेडियो गौशाला , १४९१  पटक हेरिएको

भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउदै ६० प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिनुभएको हो ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार हिजो सम्पन्न निर्वाचनमा ६० दशमलव ४७ प्रतिशत मत खसेको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा नर्मदा जिल्लामा सबैभन्दा बढी ७३.०२ प्रतिशत मत खसेको छ भने तापीमा ७२.३२ प्रतिशत मत खसेको छ ।

तेस्रो सबैभन्दा बढी मतदान मोरबी (६७.६५) मा भएको थियो भने सबैभन्दा कम परबानपुरमा ५३.८४ प्रतिशत मत खसेको छ । गुजरातको हिजोको मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक रहेका छन् भने १ सय वर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका छन् ।

आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् । यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन् ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १२:४३:१२ , २ वर्ष अगाडि