रेडियो गौशाला , ५७७ पटक हेरिएको
बाजुरा- अनेराश्ववियूका केन्द्रीय सदस्य चेतन ऐडीको ८ दिनपछि अत्यष्टि गरिएको छ।
नेकपा एमाले बाजुराले चेतनका हत्यारालाई पक्राउ गरी कानूनी कारवाहीका माग सहितका आन्दोलन जारी राख्ने गरी अत्यष्टि गरिएको हो।
मंसिर ४ गते भएको निर्वाचनमा त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर नेपाली कांग्रेस समर्थक २५ वर्षीया सन्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो।
उनलाई कांग्रेसका कार्यकर्ताले हत्या गरेको भन्दै उनका बुबा गगनले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले चेतनको हत्यारा पक्राउ नगर्दासम्म चरणबद्ध आन्दोलन गर्ने बताए। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार मृत्यु भएका दुवैको क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा लेखेर पठाइएको छ।
दुईजनाको मृत्युपछि बाजुरामा मतगणना पनि अनिश्चित जस्तै भएको छ।
प्रकाशित मिति: २०२२-११-२९ , समय : ०७:३४:०९ , २ वर्ष अगाडि