चुनाव प्रचारका लागि बनाइएका समितिहरूमा जनप्रतिनिधिहरू सक्रिय ।।

रेडियाे गाैशाला , १२६५  पटक हेरिएको

निर्वाचन आउन अब २५ दिन मात्रै बाँकी छ । चाडपर्वको समयमा समेत उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् भने चुनाव प्रचारका लागि विभिन्न समिति बनाइएका छन् । त्यसरी बनाइने समितिमा निर्वाचन आचारसंहिता विपरित वर्तमान जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिएको पाइएको छ । निर्वाचन आचारसंहिताले निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन बन्देज गरेको छ । तर, धेरै ठाउँमा वडाअध्यक्षदेखि पालिका अध्यक्ष उपाध्यक्षसम्मलाई आफू निर्वाचित पालिकासमेतलाई कार्यक्षेत्र हुनेगरि पालिकास्तरीय, प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटीको जिम्मेवारी तोकिएको पाईएको हो । निर्वाचन आयोगले भने यस्तो काम आचारसंहिता विपरित हुने बताएको छ । सीआईएनसँग कुराकानी गर्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले आचारसंहिता पालना गर्न अनुरोध गर्नुभयो । आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै काम भएको पाइएमा उजुरी गर्न पनि आग्रह गरेको छ । आचारसंहिता विपरितका काम भएको जानकारी पाउनासाथ टेलिफोन, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सकिने छ । यस्तो उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष दिन सकिने आयोगले जनाएको छ । यसका साथै

फोन गर्ने ब्यक्तिको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिने पनि आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:२९:०७ , २ वर्ष अगाडि