रेडियो गौशाला , ९०६ पटक हेरिएको
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।
उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।
यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।
प्रकाशित मिति: २०२२-११-२४ , समय : ०७:११:१५ , २ वर्ष अगाडि