बिष्णु यादब,गौशाला , १८२७ पटक हेरिएको
नेपाली कांग्रेसका नेता महेन्द्र राय यादब महोत्तरी क्षेत्र नंम्बर ४ प्रतिनिधिसभामा अग्रता कायमै राखेका छन् । यादबले ४ हजार ८०९ मत पाएका छन् ।
जसपाका डा.सुरेन्द्र यादबले २ हजार ३५३ मत ल्याउँदै उनलाई पछ्याएका छन् । यस्तै जनमत पार्टिका मनोज कुमार साह १ हजार ४७८ मत ल्याएर तेस्रो स्थानमा लिड गरी राख्नु भएका हुन ।
एता महोत्तरी क्षेत्र नंम्बर ४ (क) प्रदेशसभामा नेकपा एमालेबाट उम्मेदवार रहनु भएका सरोज यादब ३ हजार ३०३ मत प्राप्त गर्नु भएको छ । जनमत पार्टिका उम्मेदवारले १ हजार ७१९ मत ल्याई यादबलाई पछ्याएका छन् ।
प्रकाशित मिति: २०२२-११-२३ , समय : १०:१८:३४ , २ वर्ष अगाडि